ङ. तरकारी जोन परिचयः
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम को तेस्रो संभागको रुपमा रहेको जोन कार्यक्रम अन्तर्गत झापा जिल्लामा यसै आ.व.2081/082 को श्रावण महिनाबाट तरकारी जोन संचालनमा आएको छ। कार्यक्रम को उद्धेश्य बमोजिम जोनमा समावेश गरिएको तरकारी बालीमा पूर्वाधार विकास, व्यवसायिकरण एवं प्रशोधन तर्फ केन्द्रित रहि कार्यक्रमहरु संचालन गरिनेभएको छ। तरकारी जोन झापा जिल्लाको मेचीनगर न.पा. वडा नं. 1,2,3,9, बुद्धशान्ति गा.पा. वडा नं. 5,6,7,अर्जुनधारा न.पा. वडा नं. 8,9 मा लागु भई सञ्चालनमा आएको छ।
- तरकारी जोनको क्षेत्र विस्तार
- तरकारी जोन संचालित कार्यक्रमले ढाकेको क्षेत्रफल
- संचालन समन्वय समितिका पदाधिकारीहरुको नामावली
- तरकारी जोनमा सूचिकृत भएका (कृषक समूह/सहकारी/उद्यमी तथा फर्महरुको विवरण)