हाम्रो मिशन

कार्यक्रमको सोच, लक्ष्य एवं उद्देश्य

सोचः कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित आधुनिक, व्यवसायिक, दिगो एवं आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्ने कार्यक्रम को सोच रहेको छ। लक्ष्यः समग्र कृषि मूल्य श्रृंखलाका अवयवहरुको एकीकृत संयोजन र परिचालन मार्फत खाद्य तथा पोषण सुरक्षा सुनिश्चित गर्दै कृषि औद्योगिकरण उन्मुख दिगो आर्थिक अवसरहरु सृजना गरि राष्ट्रको समग्र विकासमा टेवा पुर्याउने कार्यक्रमको लक्ष्य रहेको छ। उद्देश्यहरुः यस कार्यक्रमका देहाय बमोजिमका उद्देश्यहरु रहेका छन् (क) प्रमुख कृषि उपजहरुको विशिष्टिकृत क्षेत्रहरु निर्माण गर्ने (ख) निर्यात योग्य कृषि बस्तुहरुको मूल्य अभिवृद्धि गर्दै प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने, (ग) कृषि लाई सम्मानजनक नाफामुखी व्यवसायका रुपमा विकास गर्दै रोजगारीका अवसरहरु सृजना गर्ने (घ) बहुसरोकारवाला निकायहरु बिचको कार्यमूलक समन्वय मार्फत प्रभावकारी सेवा प्रवाहको सुनिश्चितता गर्ने