ग. रबर जोन परिचयः
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको तेस्रो संभागको रुपमा जोन पर्दछ। यसै अनुरुप झापा जिल्लामा २०७५ सालको श्रावण महिनाबाट रबर जोन संचालनमा आएको थियो। कार्यक्रम को उद्धेश्य बमोजिम जोनमा समावेश गरिएको रबर बालीमा पूर्वाधार विकास, व्यवसायिकरण एवं प्रशोधन तर्फ केन्द्रित रहि कार्यक्रमहरु संचालन सम्पन्न गरिएको छ। Hevea brasiliensis रबर उत्पादनको लागि महत्वपुर्ण बहुवर्षीय औद्योगिक वाली हो। ७९ परिवार (Families) र ३११ जाति (Genera) अन्तर्गत २००० प्रजाति (Species) को Latex बाट प्राकृतिक रबरको उत्पादन लिन सकिन्छ । वृक्षारोपण पश्चात उत्पादन लिन करिव ७/८ वर्ष पर्खनु पर्ने र उत्पादन शुरु भएपछि २५/३० वर्ष निरन्तर उत्पादन दिईरहन्छ। रबर जन्य उद्योगमा प्रमुख कच्चा पदार्थको रुपमा प्रयोग भई यस्ता रबरबाट ५० हजार भन्दा बढी प्रकारका सामानहरु उत्पादन भएको पाईन्छ ।विगतमा सम्बन्धित प्राविधिकहरुको स्थलगत अवलोकन तथा अनुसन्धानद्धारा प्राप्त सकारात्मक नतिजाका आधारमा नेपालको पूर्वी तराई भेग-झापा, मोरङ्ग, सुनसरी र इलामको दक्षिणी बेसी भागमा निर्भयताकासाथरबर खेती गर्न सकिन्छ। रबर खेतीलाई प्रभावित तुल्याउने तापक्रम, वार्षिक वर्षा, सापेक्षित आर्द्रता, समुन्द्री सतहदेखिको उचाइ, जमिनको सतहमुनिको माटोको स्थिति, माटोको अवस्था, हावापानी सम्बन्धी अन्य कुराहरु उक्त क्षेत्रका धेरै भू-भागमा अनुकूल पाइएको छ।उपर्युक्त सबै ठाँउको प्रतिनिधित्व गर्ने झापामा रेकर्डेड केही मुख्य कारक तत्वका बारेको विवरण यसप्रकार रहेको छ:
|
सरदर तापक्रम |
सरदर वार्षिक वर्षा |
बार्षिक बर्षा दिन संख्या |
समुन्दकोसतह देखिको उचाई |
सरदर सापेक्षित आर्दता |
|
२७० से. |
२२६८ मि.मि. |
१०९ दिन |
२६५ मि. |
७२% |
हालका दिनहरुमा आइपुग्दा रबर खेती पनि देश विकासको लागि एक महत्वपूर्ण औद्योगिक खेतीको रुपमा हामीसामु देखापरेको छ।जुन बेलासम्म हामीकहाँ कुनै रबरजन्य उद्योगहरु स्थापना गरिएको थिएनन् त्यसबखत यहाँ कच्चापदार्थको रुपमा रबरको आवश्यकता पर्ने कुरै भएन।तर पछिल्लो दिनहरुमा खुल्दै आएका ठूला-साना रबर उद्योगहरुमा आवश्यक प्रमुख कच्चापदार्थप्राकृतिक रबर खरिदमा वर्षेनी करोडौँ करोड रुपियाँको विदेशी मुद्रा देशबाट बाहिरिन वृद्धि हुँदै गएबाट यही प्राकृतिक रबर उत्पादन गर्ने रबर खेतीको आवश्यकता र महत्व विगत डेढदशक यतादेखि नै राष्ट्रका सामुन्ने झन्झन् बढी छर्लङ्गिदै आएको छ।यति चर्को आवश्यकता महसुस गरिएको रबर खेती स्वदेशमै गरी आत्मनिर्भर हुन मात्र होइन, साँच्चै कस्सिएर लाग्ने हो भने धेरै/थोरै मात्रामा पर मुलुकमा निर्यात गर्ने परिमाणमा रबर उत्पादनको हैसियत राख्ने हामीकहाँ प्रचुर सम्भावना छ।हाल सम्म यस कार्यक्रम को ५०% देखि 85% अनुदान सहयोगमा रबर प्रशोधन उद्योग स्थापना भई संचालनमा आएको छ। यसबाट रबरको चोप प्रशोधन गरि गम बनाउन सहयोग पुगेको छ।रबर चोप(Latex) संङ्कलन गर्ने सामाग्री वितरणबाट चोप (Latex) संङ्कलनको गुणस्तर सुधार भएको छ।
- रबर जोनको क्षेत्र विस्तार
- रबर जोन संचालित कार्यक्रमले ढाकेको क्षेत्रफल
- संचालन समन्वय समिति, झापाका पदाधिकारीहरुको नामावली
- रबर जोनमा सूचिकृत भएका (कृषक समूह/सहकारी/उद्यमी तथा फर्महरुको विवरण)