क. धान सुपरजोन परिचयः

राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रम अन्तर्गत धान बालीको सुपरजोन कचनकवल गाउँपालिकाको सबै वडा र भद्रपुर नगरपालिकाको वडा नं १, २ र ३ मा संचालित हुँदै आएकोमा आ.ब.२०७६/०७७ बाट १४ वटै स्थानीय तहमा २०० हे.को क्लष्टरमा क्षेत्र विस्तार गरी कार्यक्रम लागु भएको छ . यस क्षेत्रमा हिउँदे, चैते र बर्षे धानको उत्पादन हुने गर्दछ . बर्षे धानबालीको खेती यस क्षेत्रको सबै खेती योग्य जमिनिमा हुने गरेपनि चैते र बोरो धान बालीको खेती सिंचाई सुबिधा भएको क्षेत्रहरुमा हुने गरेको छ . यस क्षेत्रको माटो धान बालीको लागि अत्यन्तै उपयुक्त रहेको पाइन्छ त्यसकारण २ बाली धान खेतीको विस्तार नै यस क्षेत्रको कृषि प्रणालीको उत्तम सम्भावना हो कार्यक्रम लागु भएपछी सिंचाईको सुबिधा, यन्त्र उपकरणहरुको उपलब्धता र नवीनतम प्रविधिको प्रयोग बाट यस क्षेत्रमा हिउँदे र चैते धान खेतीको बिस्तार भएको पाइन्छ र नवीनतम प्रविधि प्रयोग बाट धान बालीको उत्पादकत्व बढेको छ।तसर्थ, यस क्षेत्रमा स्वेच्छिक चक्लाबन्दी मार्फत यन्त्र उपकरण र नवीनतम प्रविधिको प्रयोग मार्फत धान खेतीको बिस्तार गरि बजार सुनिश्चित भएमा धान बालीको उत्पादन र औधोगिकरण सम्भव रहेको पाइन्छ।


  • धान सुपरजोनको थप क्षेत्र विस्तार
  • धान सुपरजोन संचालित कार्यक्रमले ढाकेको क्षेत्रफल
  • संचालन समन्वय समिति, झापाका पदाधिकारीहरुको नामावली
  • धान सुपरजोनमा सूचिकृत भएका (कृषक समूह/सहकारी/उद्यमी तथा फर्महरुको विवरण)