झापा जिल्लाको परिचयः

नेपालको प्रदेश नं.१ अन्तर्गत पर्ने झापा जिल्ला सुदूरपुर्वी तराईको एक विकसित जिल्ला हो ।समुन्द्री सतहबाट ७० देखि ३८० मिटर सम्मको उचाईमा रहेको यो जिल्ला उत्तरमा २६२०'' देखि २६५० अक्षांशसम्म र पूर्वमा ८७३९''देखि ८८१२'' देशान्तर सम्म फैलिएको छ ।यस जिल्लामा ८ वटा नगरपालिका र ७ वटा गाउँपालिका गरी जम्मा १५ वटा स्थानीय तहहरु रहेको छ ।नेपालको सबैभन्दा होचो भाग (७० मिटर) केचना कचनकवल गाउँपालिकामा पर्दछ।धान र चियाको लागि यो जिल्ला नेपालकै अग्रस्थानमा रहेको छ।बंगालबाट बहने मनसुनी वायुको कारणले यहाँ धेरै वर्षा हुने गर्दछ। यस जिल्लाको पूर्व-पश्चिम औषत लम्बाई ४६ कि.मि. र उत्तर-दक्षिणको औषत लम्बाई २९ कि.मि.रहेको छ भने कूल क्षेत्रफल १६०६ वर्ग कि.मि. रहेको छ ।

भू-उपयोग स्थितिः

यस जिल्लाको कूल क्षेत्रफल १,६०,६०० हेक्टर रहेको छ । जिल्लाको कूल क्षेत्रफलको भू-उपयोग निम्न अनुसार रहेको छ ।

सि.नं.

विवरण

क्षेत्रफल(हेक्टर)

कूल क्षेत्रफलको प्रतिशत

कैफियत

१.

कूल खेती योग्य जमिन

98716

१.४७

खेती गरिएको जग्गाको क्षेत्रफल

९००००

९१.१७

२.

वन जंगलले ढाकेको क्षेत्र

18०६५

११.२५

३.

चरनले ढाकेको क्षेत्र

1700

1.०6

४.

बसोबास गरिएको र औद्योगिक क्षेत्र

24११७

15.०२

५.

नदी, नाला, सडक र अन्य

18002

11.20

जम्मा

१६०६००

1०0

स्रोतः- कृषि विकास निर्देशनालय, कोशी प्रदेश विराटनगर २०८०।081

सिमाना:

पूर्व - भारतको पश्चिम बंगाल बिहार राज्य,

पश्चिम - मोरङ जिल्ला,

उत्तर - इलाम जिल्ला

दक्षिण - भारतको विहार राज्य पर्दछ ।

झापा जिल्लामा भएका नगरपालिका र गाउँपालिकाहरुको विवरण

मेचीनगर नगरपालिका, विर्तामोड नगरपालिका, अर्जुनधारा नगरपालिका, भद्रपुर नगरपालिका, कन्काई नगरपालिका, शिवसताक्षी नगरपालिका, गौरादह नगरपालिका, दमक नगरपालिका, बुद्धशान्ति गाउँपालिका, हल्दीबारी गाउँपालिका, कचनकवल गाउँपालिका, बाह्रदशी गाउँपालिका, झापा गाउँपालिका, गौरीगञ्ज गाउँपालिका, कमल गाउँपालिका