ख. सुपारी जोन परिचयः
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको तेस्रो संभागको रुपमा जोन पर्दछ। यसै अनुरुप झापा जिल्लामा वि.सं.२०७५ सालको श्रावण महिनाबाट सुपारी जोन संचालनमा आएको थियो। कार्यक्रम को उद्धेश्य बमोजिम जोनमा समावेश गरिएको सुपारी बालीमा पूर्वाधार विकास, व्यवसायिकरण एवं प्रशोधन तर्फ केन्द्रित रहि कार्यक्रमहरु संचालन सम्पन्न गरिएको छ। सुपारी एक औषधिय गुण भएको पोथ्रा वर्गमा पर्ने एकदलिय वनस्पति हो । हिन्दु धर्मालम्बीहरुको मंगलिक कार्यहरुमा अपरिहार्य वस्तुको रुपमा प्रचलित यसको सांस्कृतिक नाम पुङ्गीफलम ताम्बुलम हो ।सुपारीको बोटानिकल (Botanical)नाम Areca Catechu हो, यो Piperaceaeपरिवारमा पर्छ। यसको अंग्रेजी नाम Betal Nut हो ।
नेपालमा सुपारी खेतीको इतिहास केलाउँदा फुलबारी बगैँचा सजावटको निमित्त झापा जिल्लाबाट रोपण शुरु भएको पाइन्छ । वि.सं.१९८७÷19८८ सालमा साविक शान्तिनगर निवासी स्व. गंगाधर घिमिरे ज्यूले भारतको तेजपुर आसामबाट बीउ ल्याई करेसा बारीमा लगाएको पाइन्छ । त्यसै गरी २००० साल तिर साविक शनिश्चरे गा.वि.स.–४ झापा निवासी स्व. ब्रहालाल कोइरालाले पर्शुराम तिर्थ जादा ल्याएको पाइन्छ । वि.सं. २००१ साल तिर बाहुनडाँगी गा.वि.स.–७ निवासी स्व. शिवलाल घिमिरे ज्यूले भारत तर्फबाट बीउ ल्याई करेसाबारीमा लगाएको पाइन्छ ।वि.सं. २०१२ सालमा झापा साविक बुधबारे ५ निवासी स्व. स्वामी चक्रानन्द घिमिरेले साधुकुटी क्षेत्रमा लगाइएका सुपारीका बिरुवाहरु इतिहासका पृष्ठभुमिमा रहेका छन् । यसरी घर सजावटको लागि सुरु भएको सुपारी अहिले आएर व्यवस्थित रुपमा नगदे बालीको रुपमा चिनिदै छ। अहिले सुपारीको खेती झापा, इलाम, मोरङ्ग र सुनसरी जिल्लामा व्यवसायिक रुपमा नै हुँदै आएको छ। २०७५ सालमा नेपाल सरकारले राष्ट्रिय कृषि आधुनिकीरण कार्यक्रम अन्तर्गत झापाको बुद्धशान्ती गाँउपालिका, अर्जुनधारा नगरपालिका र मेची नगरपालिको वडा नं. १, २,३, ४ क्षेत्र समेट्ने गरी सुपारी जोन कार्यन्वयनमा ल्याएको छ।हाल सम्म यस कार्यक्रम को ५०% देखि 85% अनुदान सहयोगमासुपारी प्रशोधन उद्योग स्थापना भई संचालनमा आएको छ। यसबाट सुपारी प्रशोधन गरि विभिन्न किसिमका सुपारी प्रशोधनमा सहयोग पुगेको छ।र साथै साना मेसिनरी औजार तथा उपकरण जस्तैः सुपारीको बोक्रा उक्काउने मेसिन, सुपारीबारी जोत्ने मिनी ट्रयाक्टर लगायतका सामाग्रीहरु वितरण भई सुपारी उत्पादनमा सघाउ पुर्याएको छ।
- सुपारी जोनको क्षेत्र विस्तार
- सुपारी जोन संचालित कार्यक्रमले ढाकेको क्षेत्रफल
- संचालन समन्वय समिति, झापाका पदाधिकारीहरुको नामावली
- सुपारी जोनमा सूचिकृत भएका (कृषक समूह/सहकारी/उद्यमी तथा फर्महरुको विवरण